काठमाडौं, २६ फागुन । मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक घटेको छ । आज नेप्से परिसूचक ३२ दशमलव ०८ अंकले घटेर दुई हजार ८४३ दशमलव ३५ बिन्दुमा कायम भएको हो । हिजो सोमबार तीन पटकसम्म सकारात्मक सर्किट लाग्दै समयअगावै बजार बन्द भएको थियो ।
आज ५ करोड २७ लाख ११ हजार ३५३ कित्ता शेयर किनबेच हुँदा २१ अर्ब ५० करोड २० लाख रुपैयाँको कारोबार भएको छ । अघिल्लो कारोबार दिन सोमबार ५५ करोड ५९ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।
मंगलबार १३ समूहको उपसूचकमध्ये १० को घटेको छ भने ३ उपसूचक बढेको छ ।
आज म्युचुअल फण्ड १ दशमलव ३४, जीवन बीमा शून्य दशमलव ५१ र निर्जीवन बीमा समूहको उपसूचक शून्य दशमलव ४७ प्रतिशतले बढेको छ ।
यस्तै व्यापार २ दशमलव १२, फाइनान्स २ दशमलव ०६, होटेल तथा पर्यटन १ दशमलव ८५, उत्पादन तथा प्रशोधन १ दशमलव ८२, लगानी १ दशमलव ४८, हाइड्रोपावर १ दशमलव ४५, बैंकिङ १ दशमलव २७, विकास बैंक १ दशमलव १६, अन्य १ दशमलव ४ र माइक्रोफाइनान्स समूहको उपसूचक शून्य दशमलव १७ प्रतिशतले घटेको छ ।
आज दुई कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सर्किट लाग्नेमा साल्पा विकास बैंक र रिलाइन्स स्पीनिङ मिल्स रहेका छन् । यस्तै थ्री स्टार हाइड्रोपावर ९ दशमलव ०९, कालिका पावर ८ दशमलव ८७ र लाइफ इन्सुरेन्स कर्पोरेसन(नेपाल)को शेयर मूल्य ५ दशमलव ४२ प्रतिशतले बढेको छ ।
यसदिन हिम स्टार ऊर्जा६ दशमलव ३६, मितेरी डेभलपमेन्ट बैंक ५ दशमलव ८७, मेलुङ खोला जल विद्युत् ५ दशमलव ७४, एनआईसी एशिया ब्यालेन्स फण्ड ५ दशमलव ७२ र मन्जुश्री फाइनान्सको शेयर मूल्य ५ दशमलव ६७ प्रतिशतले ह्रास आएको छ ।