काठमाडौं, २५ फागुन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाहले प्रतिनिधिसभा सदस्य निर्वाचन प्रयोजनमा भएको खर्च विवरण निर्वाचन आयोगलाई बुझाएका छन् ।
झापा–५ बाट निर्वाचित शाहले प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन २०७४ अनुसार निर्वाचन कार्यालय झापामा सोमबार खर्च विवरण बुझाएका हुन् ।
विभिन्न शीर्षकमा कुल १४ लाख १७ हजार २८९ खर्च भएको उनले बुझाएको विवरणमा उल्लेख छ । सबैभन्दा बढी वडास्तरीय प्रचार कार्यक्रममा ५ लाख ८० हजार खर्च भएको छ ।
त्यस्तै, सवारी साधनमा २ लाख ९३ हजार ८००, हवाइ भाडा ३५ हजार, मतदाता प्रशिक्षण कार्यक्रम खाना खर्च २९ हजार ३९०, वडा स्तरीय प्रचार कार्यक्रमका लागि खाजा खर्च २८ हजार ९७० रुपैयाँ खर्च भएको उल्लेख गरेका छन् ।
