शेयर बजारमा तेस्रो पटक सकारात्मक सर्किट, आजका लागि कारोबार बन्द

अनलाइनसमय |
२५ फागुन २०८२
शेयर बजारमा तेस्रो पटक सकारात्मक सर्किट, आजका लागि कारोबार बन्द

काठमाडौं, २५ फागुन । शेयर बजारमा आज तेस्रो पटक सकारात्मक सर्किट लागेको छ । नेप्से सूचक ६ प्रतिशतले बढेपछि तेस्रो पटक सर्किट लाग्दै आजका लागि कारोबार पूर्ण रूपमा बन्द गरिएको हो ।

यसअघि बजार खुलेको एक मिनेटमै ४ प्रतिशतले बढेर पहिलो पटक सर्किट लागेको थियो । त्यसपछि कारोबार पुनः सुरु हुँदा नेप्से ५ प्रतिशतले बढ्दै दोस्रो पटक पनि सकारात्मक सर्किट लागेको थियो । तेस्रो पटक ६ प्रतिशतले बढेपछि नियमानुसार आजका लागि शेयर कारोबार बन्द गरिएको हो ।

आजको कारोबारमा ५५ करोड ५९ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । यस अवधिमा ११ लाख ४३ हजार ७४७ कित्ता शेयर किनबेच भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस