तोलामा ३७ सयले घट्यो सुनको मूल्य

अनलाइनसमय |
२५ फागुन २०८२
तोलामा ३७ सयले घट्यो सुनको मूल्य

काठमाडौं, २५ फागुन । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । अघिल्लो कारोबार दिनको तुलनामा आज सुन तोलामा ३ हजार ७०० सय रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन प्रतितोला ३ लाख १३ हजार २ सय रुपैयाँमा कारोबार भईरहेको छ । अघिल्लो कारोबार दिन आइतबार सुन प्रतितोला ३ लाख १६ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । आइतबार ५ हजार ४७५ रुपैयाँमा कारोबार भएको चाँदी आज ५ हजार ४१० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस