धनुषा–१ को निर्वाचन परिणाम घोषणा नगर्न आयोगको निर्देशन

अनलाइनसमय |
२४ फागुन २०८२
धनुषा–१ को निर्वाचन परिणाम घोषणा नगर्न आयोगको निर्देशन

काठमाडौं, २४ फागुन । निर्वाचन आयोगले धनुषा–१ को निर्वाचन परिणाम घोषणा नगर्ने निर्णय गरेको छ ।

शाखा अधिकृत (कानून) अरुण अधिकारीले एक विज्ञप्ति जारी गर्दै आयोगको निर्णयअनुसार आइतबार धनुषा जिल्ला क्षेत्र नम्बर १ निर्वाचन अधिकृतको कार्यालयलाई पत्राचार गरिएको जानकारी दिए ।

आयोगले यही फागुन १८ गते धनुषा जिल्ला क्षेत्र नम्बर १ का राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार किशोरी साह ‘कमल’को उम्मेदवारी कर्जा सूचना केन्द्रको कालोसूचीमा नाम रहेको प्रमाण प्राप्त भएको भन्दै खारेज गर्ने निर्णय गरेको थियो ।

सो निर्णयका सम्बन्धमा सर्वोच्च अदालतमा मुद्दा परी विचाराधीन रहेकाले अदालतबाट आदेश नभएसम्म प्रत्यक्षतर्फको मत परिणाम घोषणा नगर्न नगराउन भनिएको छ । धनुषा १ मा भइरहेको मतगणनाको क्रममा उम्मेदवार खारेज भएको कमलकै पक्षमा मत आइरहेको छ । त्यसबाहेक नेपाली कम्युनिष्ट पार्टीका मातृका यादव, कांग्रेस राम पल्टन साह र एमालेका रामचन्द्र मण्डलबीच प्रतिस्पर्धा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस