काठमाडौं, २४ फागुन । भोजपुरमा श्रम संस्कृति पार्टीका ध्रुवराज राई विजयी भएका छन् । आइतबार (फागुन २४) दिउँसो सार्वजनिक अन्तिम मत परिणामाअनुसार १६ हजार ६६३ मतसहित प्राप्त गर्दै उनी सांसद निर्वाचित भएका हुन् ।
उनका निकटतम प्रतिस्पर्धी नेकपा एमाले सचिव शेरधन राईले १४ हजार ७५० मत ल्याए ।
त्यस्तै, नेपाली कांग्रेसका बालकृष्ण थापाले ८ हजार ६७० मत पाएका छन् भने रास्वपाका रमेश ओझाले ६ हजार १०२ र नेकपाका अजम्बर काङमाङले ५ हजार ६२८ मत प्राप्त गरेका छन् ।