सुनसरी –१ मा हर्क साम्पाङ विजयी

अनलाइनसमय |
२४ फागुन २०८२
सुनसरी –१ मा हर्क साम्पाङ विजयी

काठमाडौं, २४ फागुन । सुनसरी निर्वाचन क्षेत्र नम्बर–१ मा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ विजयी भएका छन् । आइतबार (फागुन २४) दिउँसो सार्वजनिक अन्तिम मत परिणामा ३५ हजार ७४१ मत प्राप्त गर्दै उनी सांसद निर्वाचित भएका हुन् ।

उनका निकटतम प्रतिस्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की उमेदवार गोमा तामाङले २७ हजार २४९ मत ल्याइन् । साम्पाङले जेनजी आन्दोलनपछि आफ्नै नेतृत्वमा श्रम संस्कृति पार्टी दर्ता गरी धरान उप महानगरको मेयरबाट राजीनामा दिएर प्रतिनिधि सभा सदस्यमा उम्मेदवार बनेका थिए ।

सुनसरी क्षेत्र नम्बर १ मा एमालेका उम्मेदवार टिका मांगलेनले ६ हजार ३३१ मत पाएका छन् भने नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार सूर्य भट्टराईले ६ हजार २५८ मत प्राप्त गरेका छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस