काठमाडौं, २४ फागुन । यही फागुन २१ गते भएको प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना जारी छ । देशभरको मतगणना परिणामअनुसार, आइतबार (फागुन २४) मध्याह्न साढे १२ बजेसम्म राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले समानुपातिकतर्फ १६ लाख ४१ हजार १५३ मत प्राप्त गरेको छ ।
दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले ५ लाख ५५ हजार ९०० मत ल्याएको छ । नेकपा (एमाले) ४ लाख ६४ हजार ३४१ मतसहित तेस्रो स्थानमा छ । चौथो स्थानमा रहेको नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले दुई लाख २५ हजार ७८१ मत पाएको निर्वाचन आयोगले जनाएको छ ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले १ लाख १९ हजार ७६७, श्रम संस्कृति पार्टीले ६८ हजार ८४६, राष्ट्रिय परिवर्तन पार्टीले ४० हजार २४६, जनता समाजवादी पार्टी, नेपालले ३३ हजार २७०, जनमत पार्टी १६ हजार ६०३, नेपाल मजदुर किसान पार्टीले १५ हजार ४३९ मत मत ल्याएको आयोगले जनाएको छ ।
आयोगका अनुसार, समानुपातिकतर्फ हालसम्म ३२ लाख ९३ हजार ९४५ मतगणना गरिएको छ