टी–२० विश्वकप फाइनल आज : उपाधिका लागि भारत र न्युजिल्यान्ड भिड्दै

अनलाइनसमय |
२४ फागुन २०८२
टी–२० विश्वकप फाइनल आज : उपाधिका लागि भारत र न्युजिल्यान्ड  भिड्दै

काठमाडौं, २४ फागुन । आईसीसी पुरुष टी–२० विश्वकप २०२६ को उपाधिका लागि आज (आइतबार) भारत राष्ट्रिय क्रिकेट टोली र न्युजिल्यान्ड राष्ट्रिय क्रिकेट टोली आमनेसामने हुँदै छन् ।

फाइनल खेल भारतको अहमदाबादस्थित नरेन्द्र मोदी स्टेडियम मा साँझ ७ः१५ बजे सुरु हुनेछ । घरेलु मैदानमा फाइनल खेल्दै गरेको भारत ऐतिहासिक उपलब्धि हात पार्ने लक्ष्यमा छ । साथै न्युजिल्यान्डका लागि पहिलो पटक विश्वकप जित्ने अर्को अवसर छ । यसअघि २०२१ मा न्युजिल्यान्ड फाइनल पुगे पनि अष्ट्रेलियासँग पराजित हुँदै उपविजेतामै सीमित भएको थियो ।

भारतले जितेमा टी२० विश्वकप तीनपटक जित्ने पहिलो टिम बन्नेछ र सर्वाधिक उपाधिको कीर्तिमान बनाउनेछ ।

सन् २००७ मा सुरु भएको टी–२० विश्वकपको इतिहासमा हालसम्म वेस्ट इन्डिज राष्ट्रिय क्रिकेट टोली, इङ्ग्ल्यान्ड राष्ट्रिय क्रिकेट टोली र भारतले समान दुई–दुई पटक उपाधि जितेका छन् । भारतले सन् २००७ र २०२४ मा उपाधि जितेको थियो भने इङ्ग्ल्यान्डले २०१० र २०२२ तथा वेस्ट इन्डिजले २०१२ र २०१६ मा उपाधि जितेका थिए । त्यस्तै पाकिस्तान राष्ट्रिय क्रिकेट टोलीले २००९, श्रीलंका राष्ट्रिय क्रिकेट टोली ले २०१४ र अष्ट्रेलिया राष्ट्रिय क्रिकेट टोलीले २०२१ मा टी–२० विश्वकप जितेका थिए ।

कठिन समूह चरण पार गर्दै अघि बढेको न्युजिल्यान्डले सुपर एट्सकमा पाकिस्तानलाई नेट रनरेटमा उछिन्दै सेमिफाइनलमा स्थान बनाएको थियो । त्यसपछि प्रोटियाजविरुद्धको सेमिफाइनलमा शानदार रन–चेज गर्दै फाइनलमा पुगेको हो ।

भारतले भने सुपर एट्समा दक्षिण अफ्रिकासँग मात्र हार बेहोरेको थियो । त्यसपछि टोलीले उत्कृष्ट प्रदर्शन गर्दै सेमिफाइनलमा इङ्ग्ल्यान्डलाई ७ रनले हराउँदै फाइनल यात्रा तय गरेको हो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस