काठमाडौं, २४ फागुन । नेपाली बजारमा आइतबार सुनको मूल्य बढेको छ । अघिल्लो कारोबार दिनको तुलनामा आज सुन तोलामा ३ हजार ५०० सय रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुन प्रतितोला ३ लाख १६ हजार ९ सय रुपैयाँमा कारोबार भईरहेको छ । अघिल्लो कारोबार दिन शुक्रबार सुन प्रतितोला ३ लाख १३ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । शुक्रबार ५ हजार ४४५ रुपैयाँमा कारोबार भएको चाँदी आज ५ हजार ४७५ रुपैयाँ कायम भएको छ ।