काठमाडौं–६ मा रास्वपाका शिशिर खनाल विजयी

अनलाइनसमय |
२२ फागुन २०८२
काठमाडौं–६ मा रास्वपाका शिशिर खनाल विजयी

काठमाडौं, २२ फागुन । काठमाडौं क्षेत्र नम्बर–६ मा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार शिशिर खनाल विजयी भएका छन् । निर्वाचन अधिकृत कार्यालयका अनुसार उनले २७ हजार ७ सय १९ मत प्राप्त गर्दै जित हात पारेका हुन् ।

उनका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका कृष्ण बानियाँ ‘सबुज’ ले ६ हजार ६ सय ४७ मत ल्याएका छन् भने नेकपा एमालेका उम्मेदवार अमन मास्के ४ हजार ३ सय ७३ मतसहित तेस्रो स्थानमा रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस