मुस्ताङमा कांग्रेसका गौचन निर्वाचित

अनलाइनसमय |
२२ फागुन २०८२
मुस्ताङमा कांग्रेसका गौचन निर्वाचित

काठमाडौं, २२ फागुन । मुस्ताङबाट प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका योगेश गौचन विजयी भएका छन् । उनले नेकपा एमालेका उम्मेदवार इन्द्र धारा विष्टलाई पराजित गर्दै कांग्रेसको खाता खोलेका हुन् ।

निर्वाचनमा गौचनले कुल ३ हजार ३ सय ७ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिस्पर्धी विष्टले १ हजार ८ सय ६ मत ल्याएका छन् । गौचनले विष्टलाई १ हजार ५ सय १ मतको अन्तरले पराजित गरेका हुन् । राष्ट्रिय स्वतन्त्र पार्टीका अद्वितीय चन्द्र थकालीले ७ सय ५९ मत प्राप्त गरेका छन् भने अन्य दलका उम्मेदवारको मत निकै कम रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस