काठमाडौं, २१ फागुन । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत बिहीबार (फागुन २१) मतदानका निम्ति निर्धारित समय सकिएको छ । निर्वाचन आयोगले यस दिन बिहान ७ देखि बेलुका ५ बजेसम्म मतदानको समय तोकेको थियो ।
बेलुका ५ बजेसम्म मतदान केन्द्रमा पुग्ने मतदाताले मात्र मतदान गर्न पाउने आयोगले जनाएको छ ।