काठमाडौं, २१ फागुन । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत आज बिहानदेखि जारी मतदानमा मध्याह्न १२ बजेसम्म करिब १८ प्रतिशत मत खसेको छ । निर्वाचन आयोगका अनुसार देशभरबाट प्राप्त विवरणअनुसार हालसम्म ३१ लाख ६३ हजार ७३६ मत खसेको हो ।
निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार बिहान ७ बजेदेखि सुरु भएको मतदान देशभरका अधिकांश मतदान केन्द्रमा शान्तिपूर्ण रूपमा जारी रहेको छ ।
आयोगले हाल देशभर उत्साहजनक रूपमा मतदाताको सहभागिता देखिएको जनाएको छ ।