काठमाडौं, १९ फागुन । नेपाली बजारमा मंगलबार सुनको मूल्य बढेको छ । अघिल्लो कारोबार दिनको तुलनामा आज सुन तोलामा २ हजार ५०० सय रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन प्रतितोला ३ लाख २८ हजार ६ सय रुपैयाँमा कारोबार भईरहेको छ । अघिल्लो कारोबार दिन सोमबार सुन प्रतितोला ३ लाख २६ हजार १०० रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको मूल्य भने घटेको छ । सोमबार ६ हजार २० रुपैयाँमा कारोबार भएको चाँदी आज ५ हजार ८१५रुपैयाँ कायम भएको छ ।