आज तराईमा होली

अनलाइनसमय |
१९ फागुन २०८२
आज तराईमा होली

काठमाडौं, १९ फागुन। रङहरूको पर्व होली आज तराईका विभिन्न जिल्लामा उत्साहका साथ मनाइँदैछ । पहाडी तथा हिमाली भेगमा फागु पूर्णिमाको दिन मनाइने होली तराईमा भोलिपल्ट मनाउने परम्पराअनुसार आज रौनक छाएको हो ।

नवलपरासी (बर्दघाट सुस्तापूर्व), झापा, मोरङ, धनुषा, रुपन्देही लगायत जिल्लामा सर्वसाधारणले रङ र अबिर खेल्दै पर्व मनाइरहेका छन् ।

धार्मिक तथा सांस्कृतिक दृष्टिले महत्वपूर्ण मानिने होलीले आपसी सद्भाव, एकता र भाइचारा मजबुत बनाउने विश्वास छ । यसैबीच, जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व)ले पर्वलाई मर्यादित र सुरक्षित बनाउन विशेष सुरक्षा व्यवस्था मिलाएको जनाएको छ । प्रहरीले कसैको इच्छाविपरीत रङ नदल्न र हुलहुज्जत नगर्न आग्रह गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस