१९ प्रतिशतले घट्यो बीमा पोलिसी सरेण्डर, सात महिनामा करिब ७ अर्बको पोलिसी त्याग

अनलाइनसमय |
१६ फागुन २०८२
१९ प्रतिशतले घट्यो बीमा पोलिसी सरेण्डर, सात महिनामा करिब ७ अर्बको पोलिसी त्याग

काठमाडौं, १६ फागुन । गत आर्थिक वर्ष २०८१/८२ (आव) को तुलनामा चालू आवमा बीमा पोलिसी सरेण्डर गर्नेको सङ्ख्या र रकम दुबै घटेको छ ।

नेपाल बीमा प्राधिकरणको तथ्याङ्कअनुसार चालू आव २०८२÷८३ को सात महिनामा ६ अर्ब ९५ करोड १७ लाख रुपैयाँको बीमा पोलिसी सरेण्डर भएको छ, जुन गत आवको सोही अवधिको तुलनामा १९ दशमलव ०७ प्रतिशतले कम हो । गत आवको माघसम्ममा यस्तो रकम ८ अर्ब ५९ करोड २ लाख रुपैयाँ थियो ।

यस्तै, पछिल्लो एक वर्ष अवधिमा बीमा पोलिसी सरेण्डर गर्नेको सङ्ख्या पनि घटेको छ । चालू आवको माघसम्ममा ५९ हजार ६७२ बीमितले बीमा पोलिसी सरेण्डर गरेका छन्, जुन गत आवको सोही अवधिको तुलनामा सरेण्डरको संख्या ४ दशमलव ५६ प्रतिशतले कम हो । आव २०८१/८२ को माघसम्ममा ६२ हजार ५२३ जना बीमितले बीमा पोलिसी सरेण्डर गरेका थिए ।

बीमा प्राधिकरणको नियामावली अन्तर्गत बीमितहरुले तीन वर्षसम्म निरन्तर बीमा शुल्क भुक्तानी गरेपछि मात्रै बीमालेख सरेण्डर गर्न पाउने व्यवस्था छ । बीमा पोलिसी खरिद गरी तोकिएको अवधि पूरा नभई पोलिसी त्याग्नुलाई बीमा ‘सरेण्डर’का रुपमा बुझिन्छ । बीमितले समय–समयमा बीमा प्रिमियम बुझाउनुपर्छ, तर केही कारणवश यदि प्रिमियम तिर्न छोडेर रकम फिर्ता लिन चाहन्छ भने त्यसलाई सरेण्डर मानिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस