काठमाडौं, १५ फागुन । जिल्ला प्रशासन कार्यालय काठमाडौंले आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनको सुरक्षालाई मध्यनजर गर्दै काठमाडौ जिल्लाभित्र सञ्चालन हुने सम्पूर्ण रात्रीकालीन व्यवसायहरूमा समय निर्धारण गरेको छ ।
जिल्ला प्रशासन कार्यालय, काठमाडौंले एक सूचना जारी गरेर सम्पूर्ण रात्रीकालीन व्यवसायहरू फागुन १८ गतेदेखि ९ बजेसम्म मात्रै सञ्चालन गर्न निर्देशन दिएको छ । यो नियम अर्काे सूचना नआएसम्म लागू हुनेछ ।
प्रशासनको यो निर्देशनसँगै राति सञ्चालन हुने क्लब, डिक्सो, डान्स बार, दोहोरी साँझ, रेस्टुरेन्ट लगायतका व्यवसाय ९ बजेपछि खोल्न पाइँदैन ।
