तोलामा ५०० ले घट्यो सुनको मूल्य

अनलाइनसमय |
१५ फागुन २०८२
तोलामा ५०० ले  घट्यो सुनको मूल्य

काठमाडौं, १५ फागुन । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । अघिल्लो कारोबार दिनको तुलनामा आज सुन तोलामा ५ सय रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन प्रतितोला ३ लाख १४ हजार ९०० रुपैयाँमा कारोबार भईरहेको छ । अघिल्लो कारोबार दिन बिहीबार सुन प्रतितोला ३ लाख १५ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । बिहीबार ५ हजार ७२५ रुपैयाँमा कारोबार भएको चाँदी यस दिन पाँच आज ५ हजार ७४० रुपैयाँ कायम भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस