काठमाडौंं, १४ फागुन । नेपाली बजारमा बिहीबार सुनचाँदीको मूल्य बढेको छ । आज सुन तोलामा ६०० रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला तीन लाख १५ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ । हिजो तीन लाख १४ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, चाँदीको भाउ प्रतितोला १० रुपैयाँले बढेर तोलाको पाँच हजार ७२५ कायम भएको छ । हिजो पाँच हजार ७१५ रुपैयाँमा कारोबार भएको थियो ।