चुनावको मुखैमा सिंगापुर उडे शेरबहादुर देउवा

अनलाइनसमय |
१४ फागुन २०८२
चुनावको मुखैमा सिंगापुर उडे शेरबहादुर देउवा

काठमाडौं, १४ फागुन । पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा सिंगापुर प्रस्थान गरेका छन् ।

चुनाव आउन एक साता मात्र बाँकी छँदा स्वास्थ्य उपचारका लागि भन्दै देउवा बुधबार राति ११ ः३० बजे सिंगापुर प्रस्थान गरेका हुन् । सिंगापुर एयरलाइन्सको उडानबाट देउवा त्यसतर्फ गएको त्रिभुवन विमानस्थल स्रोतले जनाएको छ । देउवासँग अरु केही व्यक्ति पनि सिंगापुर गएका छन् ।

पार्टी विशेष महाधिवेशनबाट गगन थापाको नेतृत्वमा नयाँ समिति चयन भएपछि देउवा निष्क्रिय भएर बसेका थिए ।

गत भदौ २४ गते जेनजी आन्दोलनका क्रममा उनीमाथि बुढानिलकण्ठस्थित निवासमै कुटपिट भएको थियो । त्यतिबेला पनि उनले सिंगापुरमै उपचार गराएका थिए ।
देउवाको गृहजिल्ला डडेल्धुराबाट यसपटक कांग्रेसले नैनसिंह महरलाई उम्मेदवार बनाएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस