परराष्ट्रमन्त्रीसँग चीन र मालदिभ्सका राजदूतको शिष्टाचार भेट

अनलाइनसमय |
१३ फागुन २०८२
परराष्ट्रमन्त्रीसँग चीन र मालदिभ्सका राजदूतको शिष्टाचार भेट

काठमाडौं, १३ फागुन । नेपालका लागि चीनका राजदूत चाङ माओमिङले परराष्ट्रमन्त्री बालानन्द शर्मासँग शिष्टाचार भेट गरेका छन् ।

बुधबार मन्त्री शर्माको कार्यकक्षमा भएको उक्त भेटमा नेपाल–चीन सम्बन्धका साथै आपसी हित र सहयोगका विविध विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

यसैगरी, आजै मन्त्री शर्मासँग नेपालका लागि मालदिभ्सका गैरआवासीय राजदूत आइसात अजिमाले पनि शिष्टाचार भेटवार्ता गरेका छन् ।

भेटमा नेपाल–माल्दिभ्स सम्बन्धसँग सम्बन्धित आपसी हितका विविध विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ ।

 

May be an image of studying and text

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस