आज सुनको मूल्य स्थिर

अनलाइनसमय |
१३ फागुन २०८२
आज सुनको मूल्य स्थिर

काठमाडौंं, १३ फागुन । नेपाली बजारमा बुधबार सुनको मूल्य स्थिर छ । यद्यपि चाँदीको मूल्य भने बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो कायम भएको मूल्य तीन लाख १४ हजार ८०० रुपैयाँमै आज पनि कारोबार भइरहेको छ ।

यस्तै, चाँदीको प्रतितोला १३० रुपैयाँले बढेको छ । आज चाँदी प्रतितोला पाँच हजार ७१५ रुपैयाँमा कारोबार भइरहेको छ । हिजो पाँच हजार ५८५ रुपैयाँ खरिदबिक्री भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस