काठमाडौं, १२ फागुन । निर्जीवन बीमा कम्पनीहरुले चालू आर्थिक वर्ष (आव)को ७ महिनमा २८ अर्ब बढि व्यवसाय गरेको छ । गत माघ मसान्तसम्ममा १४ ठूला र ४ वटा लघु निर्जीवन बीमा कम्पनीले २८ अर्ब २७ करोड ४६ लाख रुपैयाँ बीमा शुल्क संकलन गरेका हुन् ।
नेपाल बीमा प्राधिकरणका अनुसार आवको सात महिनामा सबैभन्दा धेरै शिखर इन्स्योरेन्सले तीन अर्ब ३२ करोड चार लाख आर्जन गरेका छन् ।
यस्तै दोस्रोमा सगरमाथा लुम्बिनी इन्स्योरेन्सले दुई अर्ब ९८ करोड ९६ लाख, तेस्रोमा हिमालयन एभरेष्ट इन्स्योरेन्सले दुई अर्ब ८३ करोड ९३ लाख, चौथोमा सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले दुई अर्ब ५१ करोड ४९ लाख र पाँचौंमा आइजिआई प्रुडेन्सियल इन्स्योरेन्सले दुई अर्ब ३८ करोड ६ लाख रुपियाँ कुल बीमा शुल्क संकलन संकलन गरेका छन् ।