काठमाडौं, १२ फागनु । नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान सावित्रा भण्डारी ‘साम्बा’को उपचार अब नेपालमै निःशुल्क हुने भएको छ । काठमाडौँ मेडिकल कलेज (केएमसी)ले उनको सम्पूर्ण उपचार खर्च व्यहोर्ने प्रतिबद्धता जनाएको हो ।
घुँडामा गम्भीर चोट लागेपछि पछिल्लो सात हप्तादेखि मैदान बाहिर रहेकी साम्बालाई पुनः शल्यक्रिया गर्नुपर्ने अवस्था सिर्जना भएको छ । यसअघि उनले कतारस्थित असपेतारमा घुँडाको शल्यक्रिया गराएकी थिइन् । तर हालिएको ग्राफ्ट र एमसिएल दुवैमा पुनः समस्या देखिएपछि फेरि अपरेशन गर्नुपर्ने चिकित्सकीय निष्कर्ष आएको हो । त्यसपछि उनले सामाजिक सञ्जालमार्फत सहयोगको अपिल गरेकी थिइन् ।