आगामी चैतमा ग्लोबल मनी विक मनाउने तयारीमा राष्ट्र बैंक

अनलाइनसमय |
११ फागुन २०८२
आगामी चैतमा ग्लोबल मनी विक मनाउने तयारीमा राष्ट्र बैंक

काठमाडौं, ११ फागुन । नेपाल राष्ट्र बैंकले आगामी चैतमा ग्लोबल मनी विक मनाउने तयारी थालेको छ । ‘स्मार्ट मनी टक्स’ भन्ने नाराका साथ राष्ट्र बैंकले आगामी मार्च १६ देखि २२ (२०८२ चैत २ देखि ८ गतेसम्म) ग्लोबल मनी विक मनाउन लागेको हो ।

विश्वव्यापी रूपमा सन् २०१२ देखि मनाइँदै आएको यो अभियान आर्गनाइजेसन फर इकोनोमिक कोअपरेसन एण्ड डेभलपमेन्ट (ओइसीडी) को संयोजनमा सञ्चालन हुँदै आएको हो ।

यो विश्वव्यापी वित्तीय चेतनामूलक अभियान हालसम्म १७६ मुलुकका सात करोडभन्दा बढी बालबालिका र युवामाझ पुगिसकेको छ ।

नेपालमा यस वर्ष पनि राष्ट्र बैंकले राष्ट्रिय संयोजकको भूमिका निर्वाह गर्दै ग्लोबल मनी विक मनाउँदै छ । यो कार्यक्रममा वित्तीय प्रणालीमा आबद्ध संस्थाको सक्रिय सहभागिता रहने राष्ट्र बैंकले जनाएको छ । साथै अन्य संघसंस्था र सरोकारवाला निकायहरूलाई पनि कार्यक्रममा सहभागी भई वित्तीय साक्षरता अभिवृद्धिमा योगदान दिन आह्वान गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस