नेपाल बैंक र सिग्मा डायग्नोस्टिक्स ल्यावरेटरीबीच सम्झौता

अनलाइनसमय |
१० फागुन २०८२
नेपाल बैंक र सिग्मा डायग्नोस्टिक्स ल्यावरेटरीबीच सम्झौता

काठमाडौं, १० फागुन । नेपाल बैंक लिमिटेडमा खाता रहेका ग्राहकहरू, बैंकमा कार्यरत कर्मचारीहरू र कर्मचारीका परिवारका सदस्यहरूलाई भक्तपुर, बडा नं. ९, राधेराधे स्थित सिग्मा डायग्नोस्टिक्स ल्यावरेटरी प्रा. लि.ले प्रदान गर्ने स्वास्थ्य सेवामा लाग्ने शुल्कमा विशेष छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ ।

सो सम्झौता बमोजिम नेपाल बैंक लिमिटेडमा खाता रहेका ग्राहकहरू, बैंकमा कार्यरत कर्मचारीहरू र कर्मचारीका परिवारका सदस्यहरूलाई प्याथोलोजि ल्यावको विविध सेवा शुल्कहरूमा डिजिटल कारोबारहरुमा मात्र लागू हुनेगरी बिल रकमको २० प्रतिशत देखि ५० प्रतिशतसम्म छुट हुने व्यवस्था गरिएको छ ।

सम्झौतापत्रमा शुक्रबार बैकको तर्फबाट बजारीकरण तथा अनुसन्धान डिभिजनका प्रमुख श्री निर्मल सुवेदी र सिग्मा डायग्नोस्टिक्स ल्यावरेटरी प्रा. लि. को तर्फबाट ल्याव निर्देशक श्री वेद प्रकाश मिश्रले हस्ताक्षर गरेका हुन् ।

यसबाट नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारीहरू र बैंकमा खाता रहेका ग्राहकहरू डायग्नोस्टिक सेन्टरको ल्याबबाट प्रदान गरिने सहुलियतपूर्ण स्वास्थ्यसेवाबाट लाभान्वित हुन सक्नेछन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस