तीन दिन सार्वजनिक बिदा दिन सिफारिस

अनलाइनसमय |
१० फागुन २०८२
तीन दिन सार्वजनिक बिदा दिन सिफारिस

काठमाडौं, १० फागुन । निर्वाचन आयोगले आसन्न प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै मतदान अवधिभर तीन दिन सार्वजनिक बिदा दिन सरकारसमक्ष सिफारिस गरेको छ । आयोगले फागुन २०, २१ र २२ गतेसम्म बिदा घोषणा गर्न प्रस्ताव गरेको जनाएको हो ।

आयोगका अनुसार मतदाताको अधिकतम सहभागिता सुनिश्चित गर्ने उद्देश्यले उक्त निर्णय गरिएको छ ।

यसअघि तय कार्यक्रमअनुसार प्रतिनिधिसभा सदस्य चयनका लागि फागुन २१ गते देशभर मतदान हुने छ । आयोगले शान्तिपूर्ण, व्यवस्थित र व्यापक सहभागितासहित निर्वाचन सम्पन्न गराउने तयारीलाई तीव्रता दिएको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस