चालू आवमा ७८१ वटा उद्योग दर्ता, कुन क्षेत्रका कति ?

अनलाइनसमय |
१० फागुन २०८२
चालू आवमा ७८१ वटा उद्योग दर्ता, कुन क्षेत्रका कति ?

काठमाडौं, १० फागुन । चालू आर्थिक वर्ष (आव) २०८२/८३ को दोस्रो त्रैमासिकसम्ममा ७ सय ८१ उद्योग दर्ता भएका छन् । उद्योग विभागका अनुसार विभागमा चालू आवको पहिलो र दोस्रो त्रैमासिकको अवधिसम्म ७८१ स्वदेशी तथा विदेशी उद्योग दर्ता भएका हुन् ।

विभागले साना, मझौला र ठूला उद्योगलाई वर्गीकरण गरेर दर्ता गर्ने गरेको छ । विभागमा दर्ता उद्योगमध्ये सबैभन्दा धेरै साना उद्योग रहेका छन् । दोस्रो त्रैमाससम्म ७१२ वटा साना उद्योग दर्ता भएका छन् । त्यस्तै, ठूला उद्योग ३४ वटा र मझौला उद्योग ३५ वटा रहेका छन् ।

दर्ता उद्योगको कुल लगानी (प्रस्तावित) १ खर्ब १३ अर्ब रुपैयाँ रहेको छ । यी उद्योग स्थापना भए ३२ हजार ६२७ जनाले रोजगारी पाउनेछन् ।
विभागका अनुसार दोस्रो त्रैमाससम्ममा विदेशी लगानी स्वीकृत संख्या १६१ वटा, स्वचालित मार्गबाट विदेशी लगानी स्वीकृति संख्या ३१४ वटा र जम्मा विदेशी लगानी स्वीकृत गरिएका परियोजना संख्या ४७५ वटा रहेका छन् ।

कुल विदेशी लगानी (प्रस्तावित) ३९ अर्ब २३ करोड रुपैयाँ रहेको छ । यी परियोजनाहरू स्थापना भए २० हजार १२२ जना रोजगारीमा संलग्न हुनेछन् । देस्रो त्रैमाससम्ममा ११३ वटा ट्रेडमार्क सम्ब्न्धी मुद्दा परेको छ । त्यस्तै, भारतमा रियायती निर्यातका लागि ३७ सिफारिस परेको विभागले जनाएको छ ।

यसैगरी दर्ता भएका उद्योगमध्ये सबैभन्दा धेरै सूचना प्रविधि क्षेत्रको रहेको छ । दोस्रो त्रैमाससम्ममा ३५९ वटा आईटी क्षेत्रका उद्योग दर्ता भएका छन् । यी उद्योग स्थापना भए ४ हजार ४७९ जनाले रोजगारी पाउनेछन् । त्यस्तै, पर्यटन क्षेत्रका २४४, उत्पादनमुलक क्षेत्रका ८४ र सेवा क्षेत्रका ५९ उद्योग दर्ता भएको छ ।

कुन क्षेत्रमा कति आयो लगानी ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस