२७.५९ अङ्कले घट्यो नेप्से, ६ अर्ब ६९ करोडको कारोबार

अनलाइनसमय |
१० फागुन २०८२
२७.५९ अङ्कले घट्यो नेप्से, ६ अर्ब ६९ करोडको कारोबार

काठमाडौं, १० फागुन । कारोबारको पहिलो दिन आइतबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक घटेको छ । आज नेप्से परिसूचक २७ दशमलव ५९ अंकले घटेर दुई हजार ६१४ दशमलव ५५ बिन्दुमा कायम भएको हो ।

आज १ करोड ५९ लाख ८९ हजार ४३० कित्ता शेयर किनबेच हुँदा ६ अर्ब ६९ करोड ९७ लाख रुपैयाँको कारोबार भएको छ ।

आइतबार सबै समूहको उपसूचक घटेको छ । यसदिन व्यापार समूह सर्वाधिक ३ दशमलव ६१ प्रतिशतले बढेको छ ।

यस्तै हाइड्रोपावर १ दशमलव ८१, विकास बैंक १ दशमलव ४१, होटेल तथा पर्यटन १ दशमलव ०९, उत्पादन तथा प्रशोधन १ दशमलव ३, लगानी शून्य दशमलव ९४, अन्य शून्य दशमलव ८५, जीवन बीमा शून्य दशमलव ७३, फाइनान्स शून्य दशमलव ५६, बैंकिङ शून्य दशमलव ५२, माइक्रोफाइनान्स शून्य दशमलव ४८, निर्जीवन बीमा शून्य दशमलव ४२ र म्युचुअल फण्ड समूहको उपसूचक शून्य दशमलव २२ प्रतिशतले घटेको छ ।

आज साल्पा विकास बैंकको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । यस्तै रिलाइन्स स्पीनिङ मिल्स ९ दशमलव २६, कालिका लघुवित्त ५ दशमलव १७, मन्जीश्री फाइनान्स ४ दशमलव ४२ र सुपर म्यादी हाइड्रोपावरको शेयर मूल्य ४ दशमलव १६ प्रतिशतले बढेको छ ।

यसदिन बुद्व भुमी नेपाल हाइड्रोपावर ८ दशमलव ९२, रिदी पावर ८ दशमलव ३३, अँखु खोला जलविद्युत ८ दशमलव २८, नारायणी डेभलपमेन्ट बैंक ६ दशमलव ९१ र रागर डिस्टीलरीको शेयर मूल्य ६ दशमलव २३ प्रतिशतले ह्रास आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस