पार्टीको झण्डा जलाएर आस्थामा चोट पुर्‍याउने अपराधी हुन् : महासचिव पोखरेल

अनलाइनसमय |
८ फागुन २०८२
पार्टीको झण्डा जलाएर आस्थामा चोट पुर्‍याउने अपराधी हुन् : महासचिव पोखरेल

काठमाडौं, ८ फागुन । रास्वपा कार्यकर्ताले आफ्नो पार्टीको झण्डा जलाएकोमा एमाले महासचिव शंकर पोखरेलले अराजकता र उदण्डता कुनै नयाँपन नभएको बताएका छन् ।

शुक्रबार सामाजिक सञ्जाल फेसबुकमार्फत महासचिव पोखरेलले झण्डा जलाउने तथा अराजक गतिविधिमा संलग्न हुनेहरूलाई जनताले निर्वाचनमार्फत अस्वीकार गर्ने उल्लेख गरेका छन् ।

पोखरेलले भनेका छन्, ‘अराजकता र उदण्डता कुनै नयाँपन होइनन्, ती अपराध हुन् । झण्डा जलाएर अरूको आस्थामा चोट पु¥याउनेहरू सम्मानका हकदार हुन सक्दैनन् । यस्ता तत्वहरूलाई जनताले निर्वाचनमार्फत अस्वीकार गर्नेछन् ।’

बिहीबार राति सभापति रवि लामिछानेको स्वागतका लागि बसेका रास्वपाका कार्यकर्ता र समर्थकले एमालेको सूर्य चिन्ह अंकित झण्डा जलाएका थिए । रास्वपा दाङका सभापति विनय घिमिरेले हिजो राति नै विज्ञप्ति जारी गर्दै घुसपैठ भएको जिकिर गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस