सुनको मूल्य स्थिर रहँदा चाँदीको घट्यो, कतिमा हुँदैछ कारोबार ?

अनलाइनसमय |
८ फागुन २०८२
सुनको मूल्य स्थिर रहँदा चाँदीको घट्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं, ८ फागुन । नेपाली बजारमा शुक्रबार सुनको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन प्रतितोला ३ लाख ४ हजार ७ सय रुपैयाँ कायम भएको छ ।

अघिल्लो कारोबार दिन बिहीबार पनि छापावाल सुन सोही मूल्यमा कारोबार भएको थियो ।

यस्तै शुक्रबार चाँदीको मूल्य भने घटेको छ । बुधबार प्रतितोला ५ हजार ६० रुपैयाँमा कारोबार भएको चाँदी आज ५ हजार ५० रुपैयाँमा झरेको महासंघले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस