पैदलयात्रुमाथि हातपात प्रकरण: भ्रामक सामग्री फैलाउनेमाथि प्रहरीको निगरानी

अनलाइनसमय |
७ फागुन २०८२
पैदलयात्रुमाथि हातपात प्रकरण: भ्रामक सामग्री फैलाउनेमाथि प्रहरीको निगरानी

काठमाडौं, ७ फागुन । काठमाडौँ महानगरपालिका–नारायणगोपाल चोक नजिकैको चक्रपथ सडक खण्डमा पैदल यात्रीमाथि हातपात तथा दुव्र्यवहार गरेको आरोपमा एक सवारी चालक पक्राउ परेका छन् । घटनापछि जिल्ला प्रहरी परिसर काठमाडौंले अनुसन्धानलाई तीव्र बनाएको जनाएको हो ।

प्रहरीका अनुसार पक्राउ परेका चालकविरुद्ध कानुनी प्रक्रिया अघि बढिसकेको छ । घटनाको वस्तुगत छानबिन भइरहेको छ ।

यसैबीच घटनासँग सम्बन्धित विषयलाई लिएर सामाजिक सञ्जालमा विभिन्न प्रकारका भ्रामक सामग्री प्रसारित भइरहेको प्रहरीको भनाइ छ । केही प्रयोगकर्ताले वास्तविकतासँग नमिल्ने फोटो तथा भिडियो सार्वजनिक गर्नुका साथै आर्टिफिसियल इन्टेलिजेन्स (एआई) प्रयोग गरी तयार पारिएका नक्कली श्रव्य–दृश्य सामग्रीसमेत फैलाएको पाइएको छ ।

प्रहरीले यस्ता भ्रामक सामग्रीहरू आफ्नो निगरानीमा रहेको उल्लेख गर्दै सत्यतथ्य नबुझी सामग्री सेयर नगर्न सर्वसाधारणलाई आग्रह गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस