तोलामा ४३ सयले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

अनलाइनसमय |
७ फागुन २०८२
तोलामा ४३ सयले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं, ७ फागुन । नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेको छ । अघिल्लो कारोबार दिनको तुलनामा आज सुन तोलामा ४ हजार ३ सय रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुन प्रतितोला ३ लाख ४ हजार ७ सय रुपैयाँ कायम भएको छ । अघिल्लो कारोबार दिन बुधबार छापावाल सुन प्रतितोला ३ लाख ४ सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै बिहीबार चाँदीको मूल्य पनि घटेको छ । बुधबार प्रतितोला ४ हजार ८८० रुपैयाँमा कारोबार भएको चाँदी आज ५ हजार ६० रुपैयाँ पुगेको महासंघले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस