काठमाडौं, ६ फागुन । नेपाली कांग्रेसको आसन्न निर्वाचनको प्रतिज्ञा पत्र सर्वसम्मत रूपमा पारित भएको छ ।
कार्यबाहक सभापति मुख्यसचिव कृष्णप्रसाद दुलालले प्रेस विज्ञप्ति जारी गर्दै आज बसेको पार्टीको केन्द्रीय कार्यसमितिको भर्चुअल बैठकले प्रतिज्ञा पत्र पारित गरेको जानकारी दिए ।
सभापति गगन थापाको नेतृत्वमा आज केन्द्रीय कार्यसमितिको भर्चुअल बैठक बसेको थियो । कांग्रेसले आजै मधेश प्रदेशको राजधानी जनकपुरमा प्रतिज्ञा पत्र सार्वजिनक गर्दैछ 