८.१६ अङ्कले घट्यो नेप्से, १० अर्बको कारोबार

अनलाइनसमय |
४ फागुन २०८२
८.१६ अङ्कले घट्यो नेप्से, १० अर्बको कारोबार

काठमाडौं, ४ फागुन । कारोबारको पहिलो दिन आइतबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक घटेको छ । आज नेप्से परिसूचक ८ दशमलव १६ अङ्कले घटेर दुई हजार ६६२ दशमलव ९१ बिन्दुमा कायम भएको हो ।

आज १ करोड ९६ लाख १६ हजार ३९५ कित्ता शेयर किनबेच हुँदा ९ अर्ब ९४ करोड २७ लाख रुपैयाँको कारोबार भएको छ । अघिल्लो कारोबार दिन बुधबार हुँदा ११ अर्ब १० करोड २५ लाख रुपैयाँको कारोबार भएको थियो ।

आज ८६ धितोपत्रको शेयर मूल्य बढ्दा १६३ को घटेको छ । यस्तै ९ धितोपत्रको भने स्थिर रहेको छ । यसदिन कुल ३३५ धितोपत्र कारोबारमा आएका छन् ।

आइतबार १३ समूहको उपसूचकमध्ये तीनको बढ्दा बाँकी १० उपसूचकको घटेको छ ।

आज फाइनान्स शून्य दशमलव ५६, उत्पादन तथा प्रशोधन शून्य दशमलव ४९ र होटेल तथा पर्यटन उपसूचक शून्य दशमलव ४३ प्रतिशतले बढेको छ ।

यसैगरी हाइड्रोपावर १ दशमलव ०२, व्यापार शून्य दशमलव ६८, लगानी शून्य दशमलव ६१, जीवन बीमा शून्य दशमलव ५५, निर्जीवन बीमा शून्य दशमलव ५२, विकास बैंक शून्य दशमलव ४६, माइक्रोफाइनान्स शून्य दशमलव २३, म्युचुअल फण्ड शून्य दशमलव २१, विकास बैंक शून्य दशमलव १२ र अन्य समूहको उपसूचक शून्य दशमलव ०७ प्रतिशतले घटेको छ ।

आज तीन कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सर्किट लाग्नेमा बुद्व भुमी नेपाल हाइड्रोपावर, रिलाइन्स स्पीनिङ मिल्स र साल्पा विकास वैंक रहेका छन् । यस्तै अपर सिङ्गे हाइड्रोपावर ८ दशमलव १६ र गणपति लघुवित्तको शेयर मूल्य ५ दशमलव ९६ प्रतिशतले बढेको छ ।

यसदिन खानीखोला हाइड्रोपावर ९ दशमलव ३८, नारायणी डेभलपमेन्ट बैंक ५, अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट ४ दशमलव ७ र तेह्रथुम पावरको शेयर मूल्य ४ दशमलव ६६ प्रतिशतले ह्रास आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस