काठमाडौं, १ फागुन । ‘युनिग्लोब म्युजिकल फेस्ट ३.०’ सम्पन्न भएको छ । युनिग्लोब कलेजद्वारा आयोजना गरिएको सो फेस्ट आज काठमाडौंको भृकुटीमण्डपमा सम्पन्न भएको हो ।
कलेजभित्र रहेका विभिन्न ‘क्लब’हरूले हरेक वर्ष गर्दै आएको सांगीतिक तथा सांस्कृतिक कार्यक्रमहरूको श्रृंखलाअन्तर्गत यो फेस्ट तेस्रो वर्ष आयोजना गरिएको कलेज इन्चार्ज नेत्र बहादुर गुरुङले जानकारी दिए ।
गुरुङका अनुसार यस वर्षको कार्यक्रम व्यवस्थापनमा कलेजका ११ र १२ कक्षाका विद्यार्थीले मात्र सक्रिय सहभागिता जनाएका थिए । कार्यक्रममा तीन वटा म्युजिक ब्याण्डहरूले प्रस्तुति दिए ।
फेस्टले विद्यार्थीहरूको सांगीतिक प्रतिभा प्रदर्शन गर्ने अवसर प्रदान गर्दै कलेजको सांस्कृतिक गतिविधिलाई समृद्ध बनाउने लक्ष्य राखेको आयोजकले बताएका छन् ।















