प्रणय शमशेर राणाले छोडे रास्वपा

अनलाइनसमय |
२९ माघ २०८२
प्रणय शमशेर राणाले छोडे रास्वपा

काठमाडौं, २९ माघ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता प्रणय शमशेर राणाले पार्टीबाट अलग हुने निर्णय गरेका छन् । उनले बिहीबार महामन्त्री कबिन्द्र बुर्लाकोटीलाई सम्बोधन गर्दै पत्रमार्फत पार्टी सदस्यता र जिम्मेवारीबाट राजीनामा दिएको जानकारी गराएका हुन् ।

राजीनामा पत्रमा राणाले पार्टीभित्र देखिएका बेथिति र आन्तरिक कार्यशैलीप्रति असन्तुष्टि जनाएका छन् । ‘सबै बेथितिका बाबजुद मौन बसेर पार्टीमा रहिरहन मेरो विवेक र इमानले स्वीकारेन,’ उनले लेखेका छन् । आजकै मितिदेखि पार्टीको सम्पूर्ण जिम्मेवारी त्यागेको पनि उनले स्पष्ट पारेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस