राष्ट्रपतिद्वारा राष्ट्रियसभाको चालू अधिवेशन अन्त्य

अनलाइनसमय |
२९ माघ २०८२
राष्ट्रपतिद्वारा राष्ट्रियसभाको चालू अधिवेशन अन्त्य

काठमाडौं, २९ माघ । राष्ट्रपति रामचन्द्र पौडैलले राष्ट्रियसभाको चालू अधिवेशन अन्त्य गरेका छन् ।

मन्त्रिपरिषद्को यही माघ २६ गतेको सिफारिस बमोजिम राष्ट्रपति पौडैलले फागुन १ गते मध्यरातबाट लागू हुने गरी राष्ट्रियसभाको चालू अधिवेशन अन्त्य गरेको शीतल निवासले जनाएको छ ।

गत माघ ४ गते राष्ट्रियसभाको अधिवेशन आह्वान गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस