काठमाडौं, २९ माघ । आइसिसी टी–२० विश्वकपअन्तर्गत आज नेपालले इटालीसँग महत्त्वपूर्ण खेल खेल्दैछ । मुम्बईस्थित वानखेडे रंगशालामा हुने उक्त प्रतिस्पर्धा दिउँसो ३ः१५ बजे सुरु हुनेछ ।
समूह ‘सी’ मा रहेका दुवै टोलीका लागि यो खेल निर्णायक मानिएको छ । पहिलो खेलमा नेपाल इंग्ल्यान्डसँग ४ रनले पराजित भएको थियो भने इटाली स्कटल्याण्डसँग ७३ रनको अन्तरले हारेको थियो । सुपर–८ मा स्थान सुरक्षित गर्ने सम्भावना कायम राख्न आजको खेल जित्नैपर्ने दबाब दुवै टिममा छ ।