तोलामा ११ सयले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

अनलाइनसमय |
२८ माघ २०८२
तोलामा ११ सयले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं, २८ माघ । नेपाली बजारमा बुधबार पनि सुनको मूल्य बढेको छ । अघिल्लो कारोबार दिनको तुलनामा आज सुन तोलामा १ हजार १ सय रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन प्रतितोला ३ लाख ६ हजार ६ सय रुपैयाँमा कारोबार भईरहेको छ । अघिल्लो कारोबार दिन मंगलबार छापावाल सुन प्रतितोला ३ लाख ५ हजार ५ सय रुपैयाँ कायम भएको थियो ।

यस्तै, आज चाँदी पनि तोलामा ५० रुपैयाँले बढेको छ । मंगलबार प्रतितोला ५ हजार २४० रुपैयाँमा कारोबार भएको चाँदी आज ५ हजार २९० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस