काठमाडौं, २६ माघ । सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक घटेको छ । आज नेप्से परिसूचक २६ दशमलव ०५ अङ्कले घटेर दुई हजार ६७२ दशमलव ३९ बिन्दुमा कायम भएको हो ।
आज २ करोड ६७ लाख ६६ हजार ३४७ कित्ता शेयर किनबेच हुँदा १० अर्ब ७७ करोड ३९ लाख रुपैयाँको कारोबार भएको छ । अघिल्लो कारोबार दिन आइतबार ११ अर्ब ६५ करोड ९७ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।
आज ४२ धितोपत्रको शेयर मूल्य बढ्दा २१२ को घटेको छ । यस्तै ६ धितोपत्रको भने स्थिर रहेको छ । यसदिन कुल ३२४ धितोपत्र कारोबारमा आएका छन् ।
सोमबार व्यापार (शून्य दशमलव २४) बाहेक सबै समूहको उपसूचक घटेको छ । यसदिन फाइनान्स समूह सर्वाधिक २ दशमलव २९ प्रतिशतले घटेको छ ।
यसैगरी अन्य १ दशमलव ९६, होटेल तथा पर्यटन १ दशमलव ३८, विकास बैंक १ दशमलव ३७, उत्पादन तथा प्रशोधन १ दशमलव २३, जीवन बीमा शून्य दशमलव ९६, लगानी शून्य दशमलव ९१, बैंकिङ शून्य दशमलव ७७, माइक्रोफाइनान्स शून्य दशमलव ६१, हाइड्रोपावर शून्य दशमलव ५४ र म्युचुअल फण्ड समूहको उपसूचक शून्य दशमलव ४७ प्रतिशतले घटेको छ ।
आज खानी खोला हाइड्रोपावर ९ दशमलव ९७, रिदी पावर ९ दशमलव ११, लिबेट्री इनर्जी ७ दशमलव ८४, नेशनल हाइड्रो पावर ५ दशमलव ९ र त्रिशुली जल विद्युत् कम्पनीको शेयर मूल्य ४ दशमलव ९९ प्रतिशतले बढेको छ ।
यस्तै माया खोला हाइड्रोपावर ५ दशमलव ४, मावुलिङ इनर्जी ४ दशमलव ९३, कालिञ्चोक दर्शन ४ दशमलव ६८, नेपाल माइक्रो इन्सुरेन्स ४ दशमलव ५० र सुपर माइ हाइड्रोपावरको शेयर मूल्य ४ दशमलव ४८ प्रतिशतले ह्रास आएको छ ।