काठमाडौं, २६ माघ । नेपाली बजारमा सोमबार सुनचाँदीको मूल्य बढेको छ । अघिल्लो कारोबार दिनको तुलनामा आज सुन तोलामा ४ हजार १ सय रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन प्रतितोला ३ लाख ४ हजार ६ सय रुपैयाँ कायम भएको हो ।
अघिल्लो दिन आइतबार छापावाल सुन प्रतितोला ३ लाख ५०० रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । आइतबार प्रतितोला ५ हजार १० रुपैयाँमा कारोबार भएको चाँदी आज ५ हजार २ सय ५० रुपैयाँ पुगेको महासंघले जनाएको छ ।