२६ सयमुनि झयो नेप्से सूचक, ११ अर्ब ६५ करोडको कारोबार

अनलाइनसमय |
२५ माघ २०८२
२६ सयमुनि झयो नेप्से सूचक, ११ अर्ब ६५ करोडको कारोबार

काठमाडौं, २५ माघ । कारोबारको पहिलो दिन आइतबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक घटेको छ । आज नेप्से परिसूचक १० दशमलव २४ अङ्कले घटेर दुई हजार ६९८ दशमलव ४५ बिन्दुमा कायम भएको हो ।

आज २ करोड ६२ लाख ३६ हजार २०४ कित्ता शेयर किनबेच हुँदा ११ अर्ब ६५ करोड ९७ लाख रुपैयाँको कारोबार भएको छ ।

आइतबार १३ समूहको उपसूचकमध्ये दुईको बढ्दा बाँकी ११ उपसूचकको घटेको छ ।

आज अन्य शून्य दशमलव ४६ र लगानी समूहको उपसूचक शून्य दशमलव ०९ प्रतिशतले बढेको छ ।

होटेल तथा पर्यटन २ दशमलव १३, उत्पादन तथा प्रशोधन १ दशमलव १६, विकास बैंक शून्य दशमलव ९२, जीवन बीमा शून्य दशमलव ७१, म्युचुअल फण्ड शून्य दशमलव ६१, हाइड्रोपावर शून्य दशमलव ३१, निर्जीवन बीमा शून्य दशमलव २८, माइक्रोफाइनान्स शून्य दशमलव २१, बैंकिङ शून्य दशमलव १३ र फाइनान्स मूहको उपसूचक शून्य दशमलव १ प्रतिशतले घटेको छ ।

आज सुपर माइ हाइड्रोपावरको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । यस्तै रिदी पावर ९ दशमलव ९८, खानी खोला हाइड्रोपावर ९ दशमलव ९७, हिमालयन हाइड्रोपावर ५ दशमलव ३९ र जोशी हाइड्रोपावर डेभलपमेन्टको शेयर मूल्य ४ दशमलव ४९ प्रतिशतले बढेको छ ।

यसदिन कालिञ्चोक दर्शन ८ दशमलव ९१, कर्पोरेट डेभलपमेन्ट बैंक ८ दशमलव २९, नारायणी डेभलपमेन्ट बैंक ५ दशमलव ६४, एनआईबीएल समृद्वि फण्ड ५ दशमलव ६१ र यूनियन हाइड्रोपावरको शेयर मूल्य ४ दशमलव ७१ प्रतिशतले ह्रास आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस