काठमाडौं, २५ माघ । आइतबार नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूलय तोलामा ९ हजार ५ सय रुपैयाँले बढेको हो ।
यससँगै प्रतितोला छापावाल सुन तोलामा ३ लाख ५ सय रुपैयाँमा कायम भएको छ । गत शुक्रबार सुन तोलामा २ लाख ९१ हजार रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी तोलामा ३ सय रुपैयाँले बढेर ५ हजार १० रुपैयाँमा कायम भएको छ । गत शुक्रबार चाँदी तोलामा ४ हजार ७१० रुपैयाँमा कारोबार भएको थियो ।