काठमाडौं, २३ माघ । नेपाली बजारमा शुक्रबार सुनको मूल्य घटेको छ । अघिल्लो कारोबार दिनको तुलनामा आज सुन तोलामा ४ हजार २ सय रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन प्रतितोला २ लाख ९१ हजार रुपैयाँ कायम भएको छ । अघिल्लो कारोबार दिन बिहीबार छापावाल सुन प्रतितोला साढे ९ हजारले घटेर २ लाख ९५ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै शुक्रबार चाँदीको मूल्य पनि घटेको छ । बिहीबार प्रतितोला ५ हजार ९८० सय रुपैयाँमा कारोबार भएको चाँदी आज ४ हजार ७१० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।