त्रिभुवन विमानस्थलबाट उड्नासाथ टर्किस एयरको इन्जिनमा आगालगी, कोलकातामा आकस्मिक अवतरण

अनलाइनसमय |
२१ माघ २०८२
त्रिभुवन विमानस्थलबाट उड्नासाथ टर्किस एयरको इन्जिनमा आगालगी, कोलकातामा आकस्मिक अवतरण

काठमाडौं, २१ माघ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट टर्कीको इस्तानबुलका लागि उडेको टर्किस एयरलाइन्सको जहाजको इन्जिनमा आगो लागेको छ ।

टर्किसको उडान नम्बर ‘टीएचवाई ७२७’ को जहाज त्रिभुवन विमानस्थलबाट बुधबार दिउँसो १ः२९ बजे उडेको लगत्तै ४ मिनेटमा दायाँ इन्जिनमा आगलागी भएको विमानस्थल कार्यालयले जनाएको छ ।

जहाज काठमाडौंबाट ४ माइल पश्चिम पुग्दा चालक दलले काठमाडौं एप्रोच कन्ट्रोललाई दायाँ इन्जिनमा आगो लागेको जानकारी गराएका थिए । लगत्तै जहाजलाई केही समय आकाशमै होल्ड गरि कलकत्ता तर्फ मोडिएको थियो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका अनुसार जहाज नेपाली समय अनुसार दिउँसो ३ बजेर ३ मिनेटमा कोलकाता विमानस्थलमा सकुशल अवतरण भइसकेको छ ।

जहाजमा २२५ यात्रु र ११ चालक दलका सदस्य गरी कुल २३६ जना सवार रहेका थिए । विमानस्थलको खोज तथा उद्धार समन्वय केन्द्रले विज्ञप्ति जारी गर्दै जहाजमा सवार सबै सुरक्षित रहेको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस