कारोबार रकमसँगै घट्यो नेप्से परिसूचक

अनलाइनसमय |
२१ माघ २०८२
कारोबार रकमसँगै घट्यो नेप्से परिसूचक

काठमाडौं, २१ माघ । बुधबर नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १ दशमलव ६४ अङ्कले घटेको छ । यो ह्राससँगै परिसूचक २ हजार ६ सय ८१ दशमलव ५० को बिन्दुमा बन्द भएको छ । मंगलबार परिसूचक १२ दशमलव ५८ अङ्कले घटेर २,६८३ को बिन्दुमा कायम भएको थियो ।

आज परिसूचकसँगै कारोबार रकम पनि घटेको छ । मंगलबार ८ अर्ब ६३ करोडको कारोबार भएकोमा आज ७ अर्ब ३२ करोड ४० लाख रुपैयाँ बराबरको कारोबार भएको छ । यस दिन १ करोड ६३ लाख ७१ हजार १२८ कित्ता शेयर ७८ हजार ६४९ पटक किनबेच भएको छ ।

बुधबार ३२५ धितोपत्र कारोबारमा आए, जसमध्ये १३४ धितोपत्रको मूल्य घटेको छ । त्यस्तै ११३ धितोपत्रको मूल्य बढेको छ भने १३ वटा धितोपत्रको मूल्य स्थिर छ ।

आज कारोबार भएका १३ समूहको उपसूचकमध्ये ६ वटा समूहको उपसूचक घट्दा ७ समूहको उपसूचक बढेको छ । उत्पादनमुलक समूहको उपसूचक सबैभन्दा धेरै ०.५५ प्रतिशतले बढेको छ । त्यस्तै, बैंकिङ समूहको ०.३२, म्युचुअल फण्डको ०.२८, जीवन बीमाको ०.१३, माइक्रोफाइनान्सको ०.०३ र अन्य समूहको उपसूचक ०.३१ प्रतिशतले बढेकोछ ।

यस दिन फाइनान्स समूहको उपसूचक ०.९३ प्रतिशतले बढेको छ । व्यापार समूहको ०.४९, हाइड्रोपावरको ०.३८, होटेल एण्ड टुरिजमको ०.१८ र निर्जी वन बीमाको ०.१३ प्रतिशतले बढेको छ ।

बुधबार तीन कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सर्किट लाग्नेमा आँखु खोला जलविद्युत, कालिञ्चोक दर्शन लिमिटेड, सुपर माई तथा सुपर मादी हाइड्रोपावर रहेका छन् । त्यस्तै, कर्पाेरेट डिभलपमेन्ट बैंकको ७, बिन्ध्यवासिनी हाइड्रोपावरको ६.१७ र हिमाल दोलखा हाइड्रोपावरको ४.२२ प्रतिशतले शेयर मूल्य बढेको छ ।

आज रवा इनर्जीको शेयर मूल्य ४.१३ प्रतिशतले घटेको छ । त्यस्तै, गँरास लघुवित्तको ३.८४, दशमखोला हाइड्रोको ३.६८ र नारायणी डिभलपमेन्ट बैंकको ३.१७ प्रतिशतले शेयर मूल्य घटेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस