ट्रम्पद्वारा १.२ ट्रिलियन डलरको बजेट प्याकेजमा हस्ताक्षर, आंशिक सरकारी शटडाउन अन्त्य

अनलाइनसमय |
२१ माघ २०८२
ट्रम्पद्वारा १.२ ट्रिलियन डलरको बजेट प्याकेजमा हस्ताक्षर, आंशिक सरकारी शटडाउन अन्त्य

काठमाडौं, २१ माघ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मंगलबार १.२ ट्रिलियन डलरको बजेट प्याकेजमा हस्ताक्षर गरेका छन्, जसले शनिबारदेखि सुरु भएको आंशिक सरकारी शटडाउन अन्त्य भएको छ ।

शुक्रवार सिनेटबाट स्वीकृत भएपछि मंगलबार दिउँसो यो विधेयक हाउस अफ रिप्रिजेन्टेटिभ्सले झिनो मतले पारित गरेको थियो । यो पछिल्लो प्याकेजले आगामी सेप्टेम्बर ३० मा समाप्त हुने चालू आर्थिक वर्षको बाँकी अवधिका लागि अमेरिकी संघीय निकायहरूलाई बजेट उपलब्ध गराउनेछ ।

बजेट पाउने निकायहरूमा डिपार्टमेन्ट अफ डिफेन्स, डिपार्टमेन्ट अफ एजुकेशन, डिपार्टमेन्ट अफ हेल्थ एण्ड ह्युमन सर्भिसेस, डिपार्टमेन्ट अफ लेबर, डिपार्टमेन्ट अफ ट्रान्सपोर्टेशन र डिपार्टमेन्ट अफ हाउसिङ एण्ड अर्बन डेभलपमेन्ट रहेका छन् ।

गृह सुरक्षा विभाग (डीएचएस) को बजेट, यस प्याकेजबाट हटाइएको छ । यसको सट्टा विभागलाई हालको बजेट स्तरमा दुई हप्ताको अस्थायी बजेट दिइएको छ, जसले दुवै पार्टी र व्हाइट हाउसलाई इमिग्रेशन कार्यान्वयन सम्बन्धी वार्ता जारी राख्न अनुमति दिनेछ ।

मिनेयापोलिसमा संघीय कार्यकारीहरूले दुई अमेरिकी नागरिकको मृत्यु हुने गरी गोली हानेपछि डेमोक्र्याटहरूले इमिग्रेशन एजेन्सीहरूको सञ्चालनमा सुधार गर्न माग गरेका छन् । सिनेनेट अल्पसंख्यक नेता चक शुमरले जबसम्म इमिग्रेशन एण्ड कस्टम्स इन्फोर्समेन्ट लाई विधायिक रूपमा नियन्त्रणमा राखेर पुनःसंरचना गरिँदैन, तबसम्म डीएचएसको बजेट बिल सिनेटमा पास मत प्राप्त नहुने बताएका छन् ।

हालका वर्षहरूमा, रिपब्लिकन र डेमोक्र्याट पार्टीबीचको राजनीतिक ध्रुवीकरण बढेसँगै अमेरिकी संघीय सरकार बारम्बार शटडाउनको संकटमा परेको छ वा शटडाउनको किनारमा पुगेको छ । १ अक्टोबर २०२५ मा अमेरिकी सिनेटले नयाँ छोटो अवधिको बजेट बिल पास गर्न असफल भएपछि संघीय निकायहरूको बजेट सकिएसँगै सरकार बन्द हुन बाध्य भएको थियो । शटडाउन १२ नोभेम्बर २०२५ सम्म जारी रह्यो, जब हाउसले सेनेट–स्वीकृत खर्च प्याकेज पास ग¥यो र अन्ततः गतिरोध अन्त्य भयो ।

उक्त ४३–दिनको शटडाउन, अमेरिकी इतिहासमा सबैभन्दा लामो शटडाउनका दौरान विमानस्थल कर्मचारीहरू, विशेष गरी एयर ट्राफिक कन्ट्रोलरहरूलाई फाइनान्सियल सपोर्ट नदिइएकोले करिब ५.२ मिलियन यात्रुहरू उडान ढिलाइ वा रद्द हुनबाट प्रभावित भएका थिए ।
साथै, कम्तीमा ६ लाख ७० हजार संघीय कर्मचारीहरू फर्लोभएका थिए भने करिब ७ लाख ३० हजार कर्मचारीहरूले तलबबिना काम जारी राखेका थिए । शटडाउन करीब दुई दशकदेखि वाशिंगटनमा प्रकट भएको कट्टर पार्टी प्रतिद्वन्द्विताको बीचमा भएको थियो । विशेषज्ञहरूले अर्को वर्ष नयाँ बजेट पारित गर्नु पर्ने बेला फेरि शटडाउन हुने सम्भावना रहेको चेतावनी दिएका छन् ।

“ध्रुवीकरण जारी रहन सक्छ किनभने शटडाउनलाई उत्प्रेरित गर्ने विभाजनहरू अझै कायम छन्,” ब्रुकिङ्स इन्स्टिच्युसनका वरिष्ठ फेलो ड्यारेल वेस्टले भने, “मानिसहरूले आफ्ना प्रतिद्वन्द्वीमाथि विश्वास गर्दैनन् वा सरकारमा धेरै भरोसा गर्दैनन् ।”

अमेरिकी इतिहासमा सरकारको शटडाउनहरू बारम्बार भएका छन् । पहिलो आंशिक शटडाउन १९७६ मा राष्ट्रपति जेराल्ड फोर्डको कार्यकालमा बजेट विवादको बीचमा भएको थियो

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस