प्रभु बैंकको सीईओमा सुमन शर्मा नियुक्त

अनलाइनसमय |
२० माघ २०८२
प्रभु बैंकको सीईओमा सुमन शर्मा नियुक्त

काठमाडौं, २० माघ । प्रभु बैंकको प्रमुख कार्यकारी अधिकृत(सीईओ)मा सुमन शर्मा नियुक्त भएका छन् । मंगलबार बसेको बैंक सञ्चालक समितिको बैठकले शर्मालाई चार वर्षका लागि सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो ।

यसअघिका सीईओ अशोक शेरचनले आइतबार राजीनामा दिएपछि प्रभु बैंकमा नेतृत्वको पद खाली रहेको थियो । शर्माको नियुक्ति मंगलबारदेखि नै लागु हुने बैंकले जनाएको छ ।

नवनियुक्त सीईओ शर्मासँग बैंकिङ क्षेत्रमा २५ वर्षभन्दा लामो कार्य अनुभव छ । उनीसँग यसअघि सनराइज बैंक र माछापुच्छ्रे बैंकको सीईओ भएर संस्थालाई नेतृत्व प्रदान गरेको अनुभव छ । साथै उनले ग्लोबल आइएमई बैंक, एनएमबी बैंकलगायतमा समेत काम गरेका छन् ।

शर्माले त्रिभुवन विश्वविद्यालयबाट अर्थशास्त्र तथा भौतिकशास्त्र (फिजिक्स) र व्यवस्थापनमा स्नातकोत्तर हासिल गरेका छन् । सन् १९९७ मा नेपाल एसबीआई बैंकबाट आफ्नो करियर सुरु गरेका शिर्माले त्यहाँ ७ वर्ष काम गरे ।

साथै उनले सन् २००५ मा नेदरल्याण्डको मास्ट्रिक्ट स्कूल अफ म्यानेजमेन्टबाट एमबीए हासिल गरेका छन् । शर्मा अर्थशास्त्र र एमबीए इन फाइनान्समा स्वर्ण पदक विजेता समेत हुन् ।
शर्माले हाल काठमाडौँ विश्वविद्यालयको स्कुल अफ म्यानेजमेन्टमा भिजिटिङ फ्याकल्टीका रूपमा एमबिएका विद्यार्थीहरूलाई अध्यापन गराउँदै आएका थिए ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस